सदनको अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

लोकपथ
1.4k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले गरेको सदन अवरोध खुलाउने उद्देश्यले छलफलका लागि उनले प्रमुख सचेतकहरूलाई बोलाएका हुन् । 

आज प्रतिनिधि सभाको बैठक ११ बजे बस्ने कार्यतालिका छ । बैठकअघि प्रमुख सचेतकहरूसँग सभामुखको छलफल हुने भएको छ । 

‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ’, सभामुखको सचिवालयले जनाएको छ । 

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेका थिए । आधा घण्टाका लागि भनेर गरिएको संसद् बैठक पछि साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति जुट्न नसकेपछि आज बुधबार ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?