काठमाडौं । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बुधबार बिहान एक महिलासहित दुई जना बालिकाको हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अन्दाजी ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू, ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धानमा पूर्वपति सुजन कोइरालाले यो हत्या गरेको आशंका पुष्टि भएको प्रहरीले जनाएको छ।
दीपा बस्यालले केही वर्षअघि सुजनसँग सम्बन्धविच्छेद गरी शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् । मृतक बालिकाहरू शंकर ढकालका सन्तान भएको खुलेको छ।
प्रहरीका अनुसार मंगलबार सुजनले दीपालाई आफ्नो घर बोलाएका थिए र बुधबार बिहान घन र चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनास्थलमा तीनै जनाको शव फेला परेको थियो।
हत्या पछि फरार भएका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा सुजन पहिले पनि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगी आममाफीबाट छुटेका व्यक्ति रहेको खुल्न आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया