काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत एघारौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकका लागि तीनवटा मुख्य कार्यसूची तय गरिएको छ।
बैठकमा चालु आर्थिक वर्ष २०८२ का लागि प्रस्तावित ‘प्रदेश विनियोजन विधेयक’ का सिद्धान्त र प्राथमिकता विषयक छलफललाई निरन्तरता दिइनेछ। छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम तय भएको छ।
त्यसैगरी, बैठकमा विभिन्न समितिहरूका प्रतिवेदनहरू प्रस्तुत गरिनेछ। साथै, समितिहरूको पुनर्संरचना तथा हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभामा प्रस्तुत गर्नेछन्।
बैठकमार्फत बजेट पूर्व छलफललाई सार्थक बनाउने प्रयासका साथै समितिगत संरचनालाई सुदृढ बनाउने पहल समेत हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया