पत्रकार प्रकाशचन्द्र दाहालविरुद्ध राज्यविरुद्धको मुद्दा दायर गरिनु आपत्तिजनक : महासंघ

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार प्रकाशचन्द्र दाहालविरुद्ध राज्यविरुद्धको मुद्दा दायर गरिनु गम्भीर आपत्तिजनक र प्रेस स्वतन्त्रता विपरितको कार्य रहेको भन्दै आपत्ति जनाएको छ ।

गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनको घटनासम्बन्धी रिपोर्टिङलाई लिएर पत्रकार दाहालमाथि राज्यविरुद्धको मुद्दा दायर गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

दाहालले घटनास्थलबाट संकलन गरेको दृश्य र तस्बिर प्रयोग गरी तयार पारेको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको आधारमा मुद्दा लगाइएको भन्दै महासंघले यस्तो कार्य प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै विज्ञप्ति जारी गरेर विरोध जनाएको हो ।

‘पत्रकारलाई सार्वजनिक घटनाको रिपोर्टिङ गर्ने स्वतन्त्रता छ। संकलित सामग्री सार्वजनिक गर्नु पत्रकारिताको धर्म हो,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै महासंघले घटनाको निष्पक्ष छानबिन गरी पत्रकार प्रकाशचन्द्र दाहालविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन माग गरेको छ । साथै, प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्पूर्ण सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरेको छ ।

दाहाल सो दिन उक्त राजावादी आन्दोलनका कमाण्डर तोकिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले चलाएको गाडी भित्र बसेर भिडियो खिचिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?