युवा संघको अध्यक्षमा पुनः दोहोरिए थेबे

लोकपथ
3.3k
Shares

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

मंगलबार साँझ आएको अन्तिम परिणाम अनुसार थेबे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्षमा थेबेसँग निर्वतमान महासचिव सुमन पुरीले प्रतिष्पर्धा गरेका थिए ।

थेबेले ७९६ ल्याउँदा उनका प्रतिद्धन्दी पुरीले ६ सय ८ मत प्राप्त गरेका थिए ।

त्यसो त युवा संघको नेतृत्वका लागि सहमतिको प्रयास गरिएको थियो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाट नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर पुरी समूहले निर्वाचनको माग गरेसँगै युवासंघ निर्वाचनमा होमिएको थियो । थेबेलाई ओलीको साथ रहँदा पुरीलाई भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?