प्रधानमन्त्रीद्वारा यस वर्षको मनसुनी अवस्थाबारे जानकारी

लोकपथ
476
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञहरूसँग जानकारी लिएका  हुन् ।  

यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ । यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ । 

प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि विभागमा गएर मौसम पूर्वानुमानबारे जानकारी लिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?