कमल थापाको दाबी– ‘राष्ट्रिय सहमति भएमा हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ’

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति गरेर पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने दाबी गरेका छन् ।

आगामी जेठ १५ गतेको राजावादी आन्दोलनबारे जानकारी दिन भएको पत्रकार भेटघाटमा बोल्दै थापाले सो दाबी गरेका हुन् ।

उनले यदी हृदयेन्द्रलाई राजा बनाउने सहमति भएमा आफैँ राजा बन्न तयारीमा देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहमतिमा आउनुपर्ने बताए ।

‘यदी राष्ट्रिय सहमति कायम गरेर हृदयेन्द्रलाई राजा बनाउने र राजसंस्था कायम गर्ने सहमति भयो भने राजा पनि सहमतिमा आउनुपर्छ नि,’ उनले भने ।

हृदयेन्द्र उमेर पुगिसकेको र राजा बन्न तयार रहेको भन्दै राष्ट्रिय सहमति कायम हुने अवस्था आएमा ज्ञानेन्द्र समेत सहमति बन्नुपर्ने जिकिर गरे ।

त्यस्तै बिहीबारको आन्दोलनमा आफूहरु कहीँ कतै प्रहरी र प्रशासनसँग भिडन्त गर्ने पक्षमा नरहेको बताए । आफूहरुको रणनीतिको मुठभेड नभएर धेरै भन्दा धेरै जनता सडकमा उतार्नु रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?