काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया