नेप्से परिसूचकमा झिनो सुधार

लोकपथ
56
Shares

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंककाे  सुधार देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ अंकले बढेर दुई हजार छ सय ७५ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता शेयर ५९ हजार छ सय ३३ पटक खरिदबिक्री हुँदा छ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४०, विकास बैंक एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव १४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ९५ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । वित्त समूह शून्य दशमलव ६१, होटेल तथा पर्यटन शून्य दशमलव ०९, लगानी शून्य दशमलव २६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त एक दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव २० प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको  ६३ करोड ५८ लाख १९ हजार बराबरको १४ लाख ३४ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?