गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने कांग्रेस– एमालेको माग, विपक्षीले भने– ‘मान्दैनौँ’

लोकपथ
4.2k
Shares

काठमाडौं । सत्तापक्ष र विपक्षी दलहरुबिच गृहमन्त्री रमेश लेखकले संसदमा बोल्ने विषयमा दोहोरी चलेको छ ।

सत्तापक्षले गृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे संसदमा कुरा राख्न पाउनुपर्ने अडान राखेका छन् । तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र विपक्षी दल रास्वपाले भने गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि स्थगित गरेर सभामुखले सत्ता र विपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका थिए । यद्यपि त्यसपछि पुनः २ः३० बजे प्रतिनिधि सभा बैठक बोलाइएको अझैसम्म बस्न सकेको छैन ।

रास्वपाले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र संसदीय छानबिन समितिको बटमलाइन बनाएको छ । तर सत्तारुढ कांग्रेस–एमालेले भने आफूमाथि लागेको आरोपबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने अडान कायम राखिरहेका छन् ।

‘कांग्रेस’कै लाइनमा रास्वपा : छानबिन समिति, ‘गृहमन्त्रीकै’ राजीनामा र प्रधानमन्त्रीको जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?