काठमाडौं । बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा५च २२०९ नम्बरको गाडी आज मंगलबार बिहान साढे ९ बजेतिर जगन्नाथ गाउँपालिका–२ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीका अनुसार, गाडीमा ५ जना सवार रहेकोमा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने टेलिकमको कर्मचारीको परिचय खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका नन्दराम सिरूवा र लोकेन्द्र सिरूवालाई उपचारका लागि कोल्टी पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया