गभर्नर डा. पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, भोलि पेसी

लोकपथ
735
Shares

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । डा. पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी भोलि बुधबारका लागि तोकिएको छ । 

दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाइएको छ । 

रिटमा गभर्नर पौडेलले नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

अधिवक्ता थापा र उप्रेतीले यसअघि पनि सर्वोच्चमा रिट दायर गरेका थिए । तर समाचारमा आएकै भरमा पौडेललाई गभर्नर बनाउन लागिएको विषयमा रिट ल्याएको भन्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?