काठमाडौं । विपक्षीहरुको विरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
विपक्षीहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको विषयमाथि छानबिनको मागसहित विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल रास्वपा लगायतका दलले विरोध जनाएका थिए ।
उनीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने, त्यसको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेका छन् ।
विपक्षीहरुले निरन्तर विरोध जनाइरहेपछि आजै आधा घण्टाका लागि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन् ।
यो पनि…
लेखकको नियति : एक वर्ष पहिले नैतिक प्रश्न तेर्स्याए, अहिले आफैँ ‘कठघरा’मा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया