संसदमा विपक्षीको विरोध : गृहमन्त्रीको राजीनामा माग, नियमित कार्यसूची अघि बढ्न नदिने

लोकपथ
1.4k
Shares

काठमाडौं । प्रतिनिधि सभा सभा बैठकमा विपक्षी दलहरुले विरोध जनाएका छन् ।

आज बसेको बैठकमा विपक्षी दलहरु माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएका हुन् ।

विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे विरोध जनाएका हुन् । विपक्षी दलका तर्फबाट बोलेका माओवादीका सांसद वर्षमान पुनले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि गृहमन्त्री लेखकले संसदमा स्मरण गराउँदै उनले राजीनामा माग गरे । अहिले नै गृहमन्त्री नै संलग्न रहेको भन्न नसक्ने तर सबै निकायहरु गृहमन्त्री मातहत नै रहेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरे । साथै आगामी दिनमा नियमित प्रक्रियामा कामकारबाही अघि बढ्न नदिने उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?