पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द, यात्रुहरू बिच बाटोमै रोकिए

लोकपथ
12.2k
Shares

काठमाडौं । धादिङको सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । थाक्रे गाउँपालिका–७ स्थित सो पुलमा भ्वाङ परेकाले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरू बिच बाटोमै रोकिएका छन् ।

बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार, पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा प्वाल परेको अनुमान छ । 

अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको एसपी सुवेदीका भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?