काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
आगामी जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।
बजेटबारे अर्थमन्त्रालयले तयारी तीव्र बनाइरहेका बेला केहीबेर अघि शीतलनिवासमा पुगेर अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर सरकारले ल्याउन लागेको बजेटबारे जानकारी गराएका हुन् ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन पौडेलकाअनुसार उनीहरुबिचचको भेटवार्ता बजेटबारे केन्द्रित थियो ।
सरकारले जेठ १५ मा संवैधानि व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया