काठमाडौं । आज बिहान ११ बजेको पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधि सभा बैठक बस्दैछ ।
आजको बैठकमा विपक्षी दलहरुले अवरोध गर्ने तयारी गरेका छन् । त्यसका लागि संघीय संसद भवनस्थित एक हलमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित रास्वपा लगायतका दलहरु बैठकमा सामेल रहेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरुले राजीनामा समेत मागिसकेका छन् । तर उनको दल नेपाली कांग्रेस लेखकको बचाउमा लाग्दा सरकारले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको मागसहित आजको संसदमा प्रस्तुत हुने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
त्यसो त आजै आफूमाथि लागेका आरोपको विषयमा खण्डन गर्दै आज संसदलाई जानकारी गराउने लेखकले बताएका छन् । तर विपक्षीहरुले उनको कुरा सुन्छन् या राजीनामा माग गर्छन् ? चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया