एउटै कारमा सात जनाको शव फेला, प्रहरी भन्छ : ‘पहिलो दृष्टिमा नै आत्महत्याको घटना जस्तो देखिन्छ’ 

लोकपथ
23k
Shares

काठमाडौं । भारतको हरियाणास्थित पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्यको शव कारभित्र फेला परेको हो । 

प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा सो घटना भएको र सबैको शव कारबाट बरामद भएको जनाएको छ ।

पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताउँदै ‘प्रथम दृष्टिमा नै यो आत्महत्याको घटना भएको देखिएको’ जनाएकी छन् । उनले सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको पनि बताएकी छन् । कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?