नवलपुरमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

लोकपथ
1.5k
Shares

काठमाडौं । नवलपुरको मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

उनीहरु लु ९ प ८११६ नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकल अम्रसाबाट चोरमारा जाँदै गर्दा बाटो चिप्लो भएका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा चोरमारा निवासी २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुन रहेका छन् ।

उक्त दुर्घटनामा २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् । उनको उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?