काठमाडौं । न्यूजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री पिटर्स जेठ १४ र १५ गते नेपालमा रहनेछन् ।
भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुनेछ । यी उच्चस्तरीय भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया