काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र विभाजनको विभिन्न कालखण्ड सम्झिएका छन् ।
सोमबार नेपाल समाजवादी पार्टीसँगको पार्टी एकीकरणका बेला प्रचण्डले पार्टी विभिन्न उतारचढावकाबिच आजको दिनसम्म आइपुगेको स्मरण गरे ।
त्यस्तै उनले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेको समेत बताए।म
प्रचण्डले विभिन्न उत्तारचढावकाबिच आजको दिन सम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको स्पष्ट पारे ।
त्यस्तै उनले गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा आफूहरूले लागिरहेको जिकिर गरे । अध्यक्ष दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति भएको स्मरण गर्दै उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको धारणा राखे ।
‘केही उतारचढावकाबिच आजको दिनसम्म आइपुगेका छौँ । यसले स्पष्ट सन्देश दिएको छ, पार्टी एकताको, समायोजनको, एकीकरणको, जे भने पनि सार एउटै हो । हामी एउटा गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेका छौँ । ०६४ को निर्वाचनमा हामीले प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौँ, पार्टी विभाजित भयो । त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताको लागि निकै ठूलो क्षति भयो । हाम्रा महान शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भए । तर, संविधान घोषणा भइसकेपछि फेरी एकताको प्रक्रिया शुरु भयो । हामी सबै त्यो प्रक्रियामा अगाडी बढिरहेका छौँ । आगामी दिनमा क्रमशः समाजवादी आन्दोलन अगाडी बढ्दै जाँदा एकीकरण, समायोजन, ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडी बढ्दै जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
उनले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो सुरुवात भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया