उपमेयर डंगोललगायत सबै कार्यपालिका सदस्यले बढाए बालेनमाथि दबाब, ७ दिनभित्र बैठक राख्न माग

लोकपथ
2.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन् । उनीहरूले ७ दिनभित्र बैठक राख्न माग गरेका छन् ।

काठमाडौं महानगरको कार्यपालिका बैठक गत पुस १४ गतेपछि बस्न सकेको छैन । बैठकको माग गर्दै गत चैत १० गते पनि २३ जना कार्यपालिका सदस्यहरूले बैठक माग गर्दै महानगर प्रमुख बालेनसँग आग्रह गरेका थिए । 

पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य र प्रमुख बालेनबीचको विवाद थप बढेको छ । उपमेयर सुनिता डंगोलसमेतले पछिल्ला दिनमा बालेनको कार्यशैलीको चर्को आलोचना गरिरहेका छन् । 

मेयर बालेनको सचिवालयले पनि पछिल्लो पटक काठमाडौं महानगरका प्रवक्ता एवं १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?