काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि चौतर्फी आलोचना भइरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई अख्तियारले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
त्यससँगै उक्त प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको भन्ने आरोप आइरहँदा उनको दल नेपाली कांग्रेसले भने उक्त प्रकरणमा लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ । तर कांग्रेसका कतिपय नेताहरुले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने धारणा समेत राखेका छन् । तर अनुसन्धान नै नहुँदै गृहमन्त्रीलाई निर्दोष सावित गरेको कांग्रेस नेतृत्वलाई राजीनामा माग्ने नेताहरुसँग स्पष्टीकरण सोध्नुपर्ने दबाब बढेको छ ।
गृहमन्त्रीको भिजिट भिसा प्रकरणपछि कांग्रेसका नेता एवं सांसदहरु डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र डा. सुनिल शर्माले लेखकले राजीनामा दिनुपर्ने आवाज उठाएका थिए ।
आजको बैठकमा पूर्वमहामन्त्री समेत रहेका कांग्रेस नेता डा. शशांक कोइरालाले तीनै जना नेताहरुमाथि स्पष्टीकरण सोध्न आफूले सभापति शेरबहादुर देउवालाई भनेको बताए । सभापति देउवाले उक्त विषयमा खासै प्रतिक्रिया नजनाएको समेत बताए ।
‘मैले नेताहरूलाई बोलाउनुस्, समाधान निकाल्नुस् र उहाँहरूलाई केके कुरा भएको हो सोध्नुस् । शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुस् भनेर प्रस्ताव गरेँ । सभापति (सभापति शेरबहादुर देउवा) ले केही भन्नुभएन। हेर्छु मात्रै भन्नुभयो। मलाई लाग्छ, यो गर्नैपर्छ। उपाय छैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया