काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक सार्वजनिक कार्यक्रममा राखेको धारणालाई पार्टीले सामान्य रुपमा लिएको बताएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
शनिबार गोदावरीमा आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिए ।
सोही विषयमा सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ भन्दै जिज्ञासा राखेका थिए ।
जसमा कांग्रेसले प्रधानमन्त्रीले आफ्नो धारणा राखेको तर एमाले भन्ने ठाउँमा गणतन्त्रवादी जनता भन्ने शब्द राखेको हुने भन्ने आफूहरुको भनाइ रहेको बताए । गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भनेको भए हुने प्रमुख सचेतक घिमिरेको भनाइ छ ।
प्रमुख सचेतक घिमिरेले भने, ‘उहाँले गणतन्त्र दिवस मनाउने सन्दर्भमा भन्न खोज्नुभएको हो । गणतन्त्र दिवस मनाउनका लागि यति संख्यामा यहाँ जम्मा हुनुपर्छ । यहाँ एमाले बाहेक केही पनि नदेखियोस् भन्नुभयो । एमाले नभनेको भए हुन्थ्यो । उहाँले नेपाली जनता, गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भन्नुभएको भए हुन्थ्यो । अलिकति बोल्ने क्रममा एमाले भन्ने शब्द प्रयोग गर्नुभयो । त्यो शब्दलाई गणतन्त्रवादी नेपाली जनता भन्नुभएको भए राम्रो हुन्थ्यो । कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रुपमा लिएका छौँ ।’
उनले कर्मचारीमाथि छानबन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया