कर्मचारी कुटपिटको विरोधमा देशभरका भन्सार कार्यालय ठप्प

लोकपथ
1.5k
Shares

काठमाडौं । कैलालीका प्रमुख भन्सार अधिकृतमाथि शनिवार राति हातपात भएपछि देशैभरका भन्सार कार्यालय सोमबार ३ घण्टाका लागि ठप्प भएको छ । भन्सार एजेन्ट र भन्सारका कर्मचारीले सोमबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्मका लागि कामकाज बन्द गरी भन्सार कार्यालय ठप्प पारेका हुन् ।

गत जेठ १० गते राति १० बजेको समयमा कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि भन्सार परिसर भित्रै कुटपिट भएको थियो । उक्त घटनाको विरोध स्वरूप भन्सारका कर्मचारी र भन्सार एजेन्टले सोमबार तीन घण्टाका लागि भन्सार कार्यालयहरू ठप्प पारेका हुन् ।

भन्सार एजेन्ट महासंघले आइतबार नै विज्ञप्ति निकालेर सोमबार तीन घण्टा पेन डाउन र र त्यसपछिको समय हातमा कालोपट्टि बाँधेर काम गर्ने जनाएको थियो । भन्सार एजेन्ट महासंघको विरोधका कार्यक्रमलाई कर्मचारीले समेत साथ दिँदै सोमबार कामकाज ठप्प पारेका हुन् ।

भन्सार एजेन्ट महासंघले प्रमुख भन्सार अधिकृतमाथि भएको कुटपिटको निष्पक्ष छानबिनको माग गरी दोषीलाई कारबाही गर्न तथा कर्मचारीको शान्ति सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?