काठमाडौं । जेठको पहिलो साता हुम्लाको नाम्खा गाउँपालिकास्थित तिल गाउँमा गएको बाढीपहिरोबारे प्राविधिक टोलीले अध्ययन गरेको छ ।
उक्त बाढी पहिरोबारे अध्ययन गर्न गएको टोलीले ५ हजार ३ सय ५० मिटर रहेको हिमताल भएको स्थानसम्मै पुगेर टोलीले अध्ययन गरेको हो ।
जेठ १ गतेबाट तिल गाउँमा बाढीपहिरो र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ का १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए ।
उक्त घटनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट टोली खटिएर अध्ययनमा जुटेको थियो ।
यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए । अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया