काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरस्थित हतिया दोवानी बस्तीमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा दाजु बहिनीको मृत्यु भएको छ ।
आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरञ्जनदत्त भट्टले बताए ।
खाना पकाउने क्रममा रेगुलेटरबाट ग्यास लिक भई आगलागी हुँदा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई प्राथमिक उपचारपछि राति नै थप उपचारका लागि भारतको जयनगर लगिएको थियो । तर बाटोमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा समेत सामान्य क्षति पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया