देउवा निवासमा कांग्रेस बैठक, रमेश लेखकमाथि छलफल हुँदै

लोकपथ
2.9k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ ।

सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बसेको हो ।

बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतकि समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको र समयसामयिक विषयमा छलफल जारी रहेको एक नेताले बताए ।

आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ ।

उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्नसके राजनीतिबाटै राजीनामा दिने बताएका छन् । साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?