एजेन्सी । भारतको राजधानी दिल्लीसहित उत्तर भारतका विभिन्न राज्यहरू शनिबार रातिदेखि आएको तीव्र आँधीबेहरी र चट्याङसहितको अविरल वर्षाले जनजीवन प्रभावित बनाएको छ। लगातारको वर्षाले निम्न स्थानहरूमा डुबान ल्याएको छ भने संरचनात्मक क्षति पनि व्यापक देखिएको छ।
राजधानी दिल्लीका मध्य र दक्षिण क्षेत्रहरूमा घुँडादेखि कम्मरसम्म पानी जम्दा सवारी आवागमन ठप्प भएको छ। धेरैजसो अन्डरपासहरू जलमग्न छन्, जसमा बस, कारलगायतका सवारीसाधनहरू फसेका छन् ।
दिल्ली विमानस्थलमा एक सयभन्दा बढी उडानहरू प्रभावित भएका छन् । मौसममा आएको चरम परिवर्तनका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ।
उत्तर प्रदेशको गाजियाबादमा वर्षासँगै आएको आँधीका कारण एक कार्यालयको छत भत्किँदा एक प्रहरी अधिकारीको मृत्यु भएको छ।
वातावरणीय अवस्थालाई ध्यानमा राख्दै दिल्ली विमानस्थल प्राधिकरणले यात्रुहरूलाई प्रस्थानपूर्व आफ्नो उडान स्थिति अनिवार्यरूपमा जाँच गर्न अनुरोध गरेको छ।
मौसम विभागले आगामी केही दिन अझै असहज अवस्था रहन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया