काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक मध्यान्ह १२ बजे बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया