नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आज एकता घोषणा

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) आज औपचारिक रूपमा एक हुने भएका छन्।

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय नेसपाले आइतबार गरेको थियो । उक्त निर्णयअनुसार आज (सोमबार) बिहान साढे ११ बजे ललितपुरको ग्वार्कोस्थित खरिबोटमा रहेको कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम आयोजना गरिँदैछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

यस एकतासँगै नेपालको वाम राजनीतिक परिदृश्यमा नयाँ समीकरण देखिने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?