काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा ३२ वर्षीय उमेर हद लागु भएको छ ।
आज पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । यसअघि अनेरास्ववियुमा उमेरको कुनै बन्देज नरहेकोमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
अनेरास्ववियुको महाधिवेशन आगामी जेठ २४ गतेबाट काठमाडौंमा हुँदैछ । त्यसैलाई लक्षित गरेर एमालेले ३२ वर्षीय हद लागु गरेको हो ।
त्यसो त नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निक अनेरास्ववियु क्रान्तिकारीमा भने यसअघि नै ३२ वर्षीय उमेरहद लागु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया