कार्यकर्तालाई ओलीको निर्देशन -‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ, तयारी थाल्नू’

लोकपथ
3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन् । 

आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । 

वडाअध्यक्षहरुलाई  प्रशिक्षणमा ध्यान दिन र त्यसपछि १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन निर्देशन उनको निर्देशन छ । उनले राजावादीहरू कुनै महान् उद्देश्यका लागि लडिनरहेको उल्लेख गर्दै खुलेर प्रतिवाद गर्न जरुरी रहेको बताए । उनले राजावादीहरूले राजा प्राणभन्दा प्यारो छ भनेर नारावाजी गर्ने गरेको उल्लेख गर्दै वीरेन्द्रलाई हत्या गरेर मार्दा कहाँ गएका थिए ? भन्दै प्रश्न समेत गरे । 

उनले भने, ‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला । १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ । तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला । जति बेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस् । १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ । कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस् ।’

राजावादीहरूले जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ति देखाएको उनको टिप्पणी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?