कैलाली । ब्युरोबाट खटी आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन् ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटेलका सञ्चालकलाई विगत २र३ दिन देखि पटक पटक ब्युरोबाट खटी आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया