निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्छ : सुमना श्रेष्ठ

लोकपथ
616
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । 

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामूलक बनाउनुपर्ने बताइन् । 

उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयहरूबाट आइरहेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै नियमनमा कडाइका साथ लाग्नुपर्नेमा उनले जोड छ । मन्त्रालय तयारीका साथ छलफलमा नआएको भन्दै उनले अबको बैठकमा पनि यिनै विषयमा छलफल गरिरहने हो भने आजकै छलफल रेकर्ड गरेर सुनाइदिने कामबाहेक अन्य कुनै छलफल नहुने बताइन् । 

उनले भनिन्, ‘निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन । निजीलाई गैर नाफामूलक बनाउनुपर्छ भन्ने हो । त्यसका लागि १५ वा २० वर्ष कति लाग्छ समय दिउ । निजीको हकहितका लागि हामीले निर्णय गर्नैपर्छ । नियमनको पाटोमा कडाइका साथ तलबदेखि लिएर स्कलरसिपको प्रावधानदेखि लिएर कसरी छलफल गर्ने विषयमा शिक्षा मन्त्रालयलाई वर्क आउट गर्न भनेका थियौँ त्यो कहाँ पुग्यो ? यदि मन्त्रालय तयारीका साथ आएन भने भोलि देखिको समिति बैठकमा आजकै छलफल रेकर्ड गरेर सुनाइदिने मात्र हो ।’

उनले निजी विद्यालयलाई गैर नाफामूलक बनाउन कति समय लाग्ने भन्ने विषयमा पनि समिति स्पष्ट हुनुपर्ने बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?