काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेको बताएका छन् ।
आइतबार ललितपुरमा दसौँ धनबहादुर स्मृति अन्तर्राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको भाष्य निर्माण गर्दै एक थरी मानिसहरूले नकारात्मक भ्रम फिँजाइरहेको बताए ।
उनले लोकतान्त्रिक प्रणाली हजारौँ नेपाली वीर सपूतहरूको संघर्षबाट प्राप्त गरेको जनअधिकार रहेको बताए । सिंहले लोकतान्त्रिक प्रणाली र जनअधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले जनअधिकारलाई सुरक्षित राख्दै देश विकासको कार्यलाई अगाडी बढाउनुपर्ने जिकिर गरे ।
उनले भने, ‘अहिले डेमोक्रेसी आएर, प्रजातन्त्र आएर के भयो र ? के पायौँ र ? भनेर एक थरीले भ्रम फिँजाउन लागिरहेका छन् । डेमोक्रेसी सिस्टम जनताको अधिकारको पुर्न बहाली गर्नको लागि हजारौँ नेपाली वीर सपूतहरूको संघर्षबाट प्राप्त गरेको जनअधिकार हो । यो जनअधिकारलाई सुरक्षित राख्दै, संरक्षण गर्दै अझ देश विकासको कार्यलाई अगाडि बढाउनको लागि प्रयास गर्नुपर्छ ।’
उनले स्वर्गीय धनबहादुर महर्जनले जनअधिकारको गरेको संघर्ष र खेलकुदको विकासको लागि गरेको कामको स्मरण गर्दै सम्मान व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया