महालक्ष्मी विकास बैंकद्वारा ३१ जना महिला उद्यमीलाई सम्मान

लोकपथ
70
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरू मार्फत विभिन्न कार्यक्रमहरू गरी सम्मान गरेको छ ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशीलतालाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरू र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरू सञ्चालन गरेको हो ।

साथै बैंकले ज्येष्ठ ७ गते बुधबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभुषाको प्रदर्शन गरिएको थियो । यसका साथै बैंकको केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ ।

त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?