काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले नेपालगञ्जमा पल्सर एन १२५को बहु प्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ । यस पटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै नयाँ पल्सर एन१३५ को लन्च संगीतमय साँझमार्फत गरिँदैछ।
आजदेखि नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फ हुन गइरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुने कम्पनीले जनाएको छ । कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो । यसमा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ८.८२ केडब्ल्यू पावर र ११ एनएम टर्क उत्पादन गर्दछ । यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो ।
हंसराज हुलास चन्द एन्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, ‘एन१२५ लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठुलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया