युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु

लोकपथ
217
Shares

काठमाडौं । शनिबार राति रुसले गरेको आक्रमणमा परी युक्रेनमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। पश्चिमी क्षेत्रमा चार, किभ क्षेत्रमा तीन र माइक्लेभामा एक जनाको मृत्यु भएको बताइएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार, युक्रेनले पठाएका ९५ वटा ड्रोनलाई खसालिएको वा रोकिएको छ। मस्कोका विमानस्थलमा हवाई उडानसमेत रोक्नुपरेको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए। हाल रुसको कब्जामा युक्रेनको २० प्रतिशत भूभाग छ, जसमा क्रिमिया पनि समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?