‘विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर अभियानकै रूपमा स्वयंसेवक खटाउँछौँ’

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रूपमा अघि बढाइएको बताएका छन् । 

आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अभियानकै रूपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्यूनीकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गरे । 

उनले विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुने बताए । विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरे मात्रै सफलता प्राप्त हुने उल्लेख गरे । 

उनले भने, ‘यो भन्दा पहिला हामी स्वयंसेवक गठन गर्न र यो काम हामीले गरेका थिएनौँ । यो नयाँ काम हामीले गरिरहेका छौँ । विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुन्छ । विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ विपद्को बेलामा काम गर्ने जनशक्ति ट्रेन भएन भने रेस्क्यु गर्न जाने मान्छे खतरामा पर्छ । त्यसैले स्वयंसेवक डेभलप गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको सुरुवात गर्न खोजेका छाैँ । ललितपुरबाट हामी यो सुरु गर्दैछौँ भने बिस्तारै हामी सबै पालिकामा पुर्‍याउने लक्ष्य छ । हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रूपमा लिएर गइरहेका छौँ ।’

उनले ललितपुर महानगरपालिकाबाट सुरु भएको स्वयंसेवक परिचालन आधारभूत तालिमलाई सबै पालिका स्तरमा पुर्‍याइने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?