दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन गराउन नसक्ने भन्दै शेखर पक्षले देउवालाई गरायो ध्यानाकर्षण

लोकपथ
665
Shares

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को डा. शेखर कोइराला पक्षले वर्तमान नेतृत्वप्रति प्रश्न उठाएको छ ।

नेविसंघ केन्द्रीय सदस्य एवं पार्टी महासमिति सदस्य समेत रहेकी प्रेमिका थापामगरको नेतृत्वको टोलीले सभापति शेरबहादुर देउवालाई ध्यानकर्षण गराएको हो ।

६ महिनाको लागि ०७८ सालमा दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष तोकिएको थियो । तर ३ वर्ष बितिसक्दा समेत महाधिवेशन गराउन नसकेको भन्दै शेर्पामाथि विभिन्न आरोप समेत लगाइएको छ ।

‘६ महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य कार्यभारबाट विचलित भई पार्टीले पटकपटक गरी ३ वर्ष म्याद थप्दा पनि अधिवेशन उन्मुख हुन नचाहनु, नेविसंघको केन्द्रीय समितिको बैठक पनि बोलाउन नसक्नु, निरन्तर संस्थालाई आफू अनुकुल व्याख्या गरी नेविसंघको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नु र नेविसंघको नाममा भएको रोवटिक वार, जय नेपाल कपका विजेतालाई हालसम्म पनि लाखौँ पैसा पुरस्कार नदिएर संगठनको मानमर्दन गराउने काम गर्नु उहाँको कमजोर नेतृत्वको परिणाम हो भन्ने पुष्टि भएको छ,’ सभापति देउवालाई बुझाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसो त पटकपटक म्याद थप्दा समेत महाधिवेशन गर्न नसकेको भन्दै कांग्रेसले विभिन्न भ्रातृ संगठनका नेतृत्वलाई हटाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?