…अनि चिरिबाबुले अख्तियारमा बयान दिनुपर्‍यो

लोकपथ
1.4k
Shares

काठमाडौं । ललितपुर महानगरपाकिलाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन् ।

आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।

उनले कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताए । उनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताए ।

राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्गा रहेको बताए । नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने बताए । राम्रा काम गर्नेहरुमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताए ।

महानगर प्रमुख महर्जनले भने, ‘यो मुलुकमा काम गर्न साह्रै अफ्ठ्यारो, साह्रै गाह्रो छ । कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिन जानुपर्छ । यहाँको खतरापूर्ण कुरा यो छ । मैले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी, पहिरो आयो । यसको मैले निरीक्षण गरेँ । निरीक्षणका क्रममा त्यहाँको मानिसहरुमा एक किसिमको रोईकराइ भयो । देखेँ, त्यसपछि म पनि धेरै दुःखी भएर फर्किएँ । महानगरको मेयरसम्म भएको अधिकार बमोजिम मैले उहाँहरुलाई तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेँ । तर त्यो सहयोग गरेको कुरामा मलाई अहिले पनि अख्तियारमा बयान दिनुपर्छ । अझै टुंगिसकेको छैन । यी र यस्तै कुराले गर्दाखेरि पनि यस्तो किसिमको राष्ट्रिय विपद् आइपर्दा पनि हामीले छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने कस्तो विडम्वना यो । यसलाई कसरी समाधान गर्ने ? त्यसमा सोच्नुपर्छ ।’

प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरु काम पूरा गरेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?