एमालेले बोलायो सचिवालय बैठक

लोकपथ
574
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आज दिउँसो २ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

त्यस्तै आजको बैठकमा सरकारले जेठ १५ मा ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेट र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

बैठक एमाले मुख्यालय च्यासलमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?