काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा दिउँसो २ बजेका लागि बोलाइएको हो ।
यसअघि हिजो आकस्मिक रूपमा भर्चुअल माध्यमबाट बसेको बैठकपछि आजको बैठक पार्टी कार्यालयमै भौतिक रूपमा उपस्थितिमा आयोजना गर्न लागिएको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टीका हालका गतिविधिहरू, साथै पार्टी सभापति रवि लामिछानेलाई थुनामा नै राख्ने सर्वोच्च अदालतको आदेश सदर भएपछि सिर्जिएको नयाँ परिस्थितिबारे विस्तृत छलफल हुने जनाइएको छ।
रास्वपाले देशको राजनीतिक स्थायित्व र पार्टीको आगामी रणनीति तय गर्न आजको बैठकलाई विशेष रूपमा महत्वपूर्ण मानेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया