प्रदेशसभा अधिवेशनबारे सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सर्वदलीय छलफल

लोकपथ
112
Shares

कैलाली ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठकको आह्वान गरेका छन् । 

भोलिदेखि हुने प्रदेशसभा अधिवेशनका सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सम्पन्न बैठकमा सरकारको भावी नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो । 

मुख्यमन्त्रीले विकास खर्च बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सदनमा विपक्षीलाई रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए

 । 

मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताले नीति तथा कार्यक्रमका साथै बजेटका प्राथमिकताका सम्बन्धमा  सुझाव दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?