कपिलवस्तु । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका–३ बाट स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० बस्ने ४३ वर्षीय राम कुमार तोलाङीलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया