मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन् ।
अठारौँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बीमामा जोड्नु पर्ने प्रस्ताव पेस गरेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया