काठमाडौं । साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ नामक पुस्तक आज लोकार्पण गरिएको छ । काठमाडौंको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनको सभाहलमा सो अभियानका अभियन्ताहरुले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरिएको हो ।

गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिकाभित्र पर्ने साँगे उपत्यकाका बासिन्दाको पहलमा गठन भएको अभियानले स्थानीय सभ्यता, संस्कृति, परम्परा र समकालीन सामाजिक रूपान्तरणलाई दस्तावेजीकरण गर्न पुस्तक प्रकाशित गरेको हो ।

अभियानका महासचिव सरोज ओझाले साँगे दर्पण पुस्तकमा उपत्यकाको मौलिक पहिचान, भाषा, जीवनशैली, संस्कार, संस्कृतिका विविध आयाम तथा विगतदेखि वर्तमान हुँदै भविष्यसम्मको रूपान्तरण प्रक्रियासम्बन्धी विभिन्न लेख, रचना र अध्ययन समावेश गरिएको जानकारी दिए ।
कार्यक्रममा साहित्य, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति थियो । साथै अभियानमा योगदान पु-याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । यस पुस्तकले साँगे उपत्यकाको गहिरो सांस्कृतिक चेतना र इतिहासलाई भाविपुस्ताका लागि संरक्षण गर्ने विश्वास व्यक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया