काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा कांग्रेसका नेता तथा स्याङ्जाका पूर्व सभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरूले गरेका योगदानहरूलाई जनतासामु लैजान जरुरी रहेको बताएका हुन् ।
उनले नेताहरूले छाडेर गएका बाँकी कामहरूलाई सबै मिलेर पुरा गर्नुपर्ने धारणा राखे । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे ।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यक्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया