काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानमा ड्रोन आक्रमण गर्दा हिज्बुल्लाहको एलिट रडवान फोर्सका एक लडाकुको मृत्यु भएको छ ।
आईडीएफ (इजरायल रक्षा बल) ले दक्षिणी लेबनानको रब एल थालाथिन क्षेत्रमा हिज्बुल्लाह रडवान फोर्सका एक आतंककारीलाई आक्रमण गरी मारेको हो ।
इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बेका क्षेत्रमा हवाई आक्रमण गरेका छन् । सेनाका अनुसार उक्त स्थानमा रकेट लन्चर र हतियारहरू थिए र हिज्बुल्लाह लडाकु गतिविधि पहिचान गरिएको थियो ।
नोभेम्बर २०२४ मा हिजबुल्लाहसँग १४ महिनादेखि चलिरहेको सीमापार लडाइँको अन्त्य भएको युद्ध विरामको बाबजुद पनि इजरायलले दैनिक रूपमा गर्दै आएको आक्रमणमध्ये यो पछिल्लो आक्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया